विपन्न समुदायलाई पक्की घर

0
501

दिवाकर पोख्रेल
असोज ११,२०७७ दाङ :  प्रदेश ५ सरकारको जनता आवास कार्यक्रम अन्तर्रगत दाङमा दुइसय बढीले नयाँ घर पाएका छन् ।
प्रदेशको निर्वाचन क्षेत्र अन्र्तरत पर्ने अति विपन्न समुदायलाई प्रदेश सरकारकोको अनुदानमा सरकारले घर वनाएर हस्तान्तरण गरिरहेको छ । जस अन्र्तगत दाङमा गत आर्थिक बर्ष २०७५÷०७६ मा दाङमा जनता आवास कार्यक्रम अन्र्तरगत दुइसय घर निर्माण गरी हस्तान्तरण गरिएको सहरी विकास तथा भवन कार्यालय दाङका प्रशासन प्रमुख शेरवहादुर केसीले जानकारी दिए ।
आर्थिक बर्ष २०७५÷०७६को बजेटबाट गत आर्थिक बर्षमा दुइ सय घर बनाएर हस्तान्तरण गरिसकिएको छ,आर्थिक बर्ष २०७६÷२०७७ मा दुई सय ६७ घर बनाएर हस्तान्तरण गर्ने तयारीमा छ ।
सहरी विकास तथा भवन कार्यालय दाङका प्रशासन प्रमुख केसीका अनुसार दलित र मुस्लीम समुदायका विपन्न समुदायलाई प्रति आवास तीनलाख ३२ हजार पाँचसय रुपियाँ बराबरको अनुदान स्वरुप घर निर्माण गरिएको हो ।
दाङको निर्वाचन क्षेत्र १ क मा २०७६÷०७७ मा ४३ १ ख मा ४४ निर्वाचन क्षेत्र नम्बर २ क मा ४३ ख मा ४४ यस्तै गरेर ३ क मा ४३ र ख मा ५० वटा घर निर्माण भइरहेका छन । आर्थिक बर्ष २०७५÷०७६ मा निर्वाचन क्षेत्र नम्बर ३ ख मा ४० र अन्य निर्वाचन क्षेत्रमा ३० वटाका दरले घर निर्माण सम्पन्न गरी हस्तान्तरण भएका छन् ।
यसरी जनता आवास कार्यक्रम अन्तरर्गत विपन्न समुदायले घर पाएपछि खुसी भएका छन् । दाङ गढवा गाउँपालिका वडा नम्बर ६ गढवाका विरवहादुर नेपाली खरले छाएको कच्ची घरमा बस्दै आएका थिए । यसपाली उनको दुइ कोठाको पक्की घर बन्दैछ ।
पक्की घर निर्माण कार्य शुरु हुन थालेपछि उनी खुसी छन् । विरवहादुर नेपालीले, हाम्रो लागि पनि सरकार रहेछ,अनुदानमा घर निर्माण हुन थालेपछि खुसी लागेकोछ, बर्षादमा घर चुहिएर हैरान थिए टिन लगाउन पाएप्छि धेरै सहज हुनेभयो, उनले भने ।
लमही नगरपालिका वडा नं ९ अमिलिया निवासी रविलाल विकलाई प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पक्की घर हस्तान्तरण गरे । जनता आवास कार्यक्रममार्फत निर्माण सम्पन्न भएको पक्की घर विकलाई हस्तान्तरण गरे । घर हस्तान्तरण गर्दै प्रदेश साँसद शर्माले जनता आवास कार्यक्रमले विपन्न समुदायका जनतामा खुसी र उत्साह छाएको बताए ।
क्याप्सनः दाङको लमही नगरपालिका वडा नम्बर ९ अमेलियामा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण गरिएको घर हस्तान्तरण गर्दै ।

SHARE