काटेर खेतमा सुकाएको धान पानीले भिजेपछि दाङका किसान चिन्तामा

0
650

दिवाकर प्रोखेल
असोज ११,२०७७ देउखुरी : दाङको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँका भरतमणी चौधरीले १० कठ्ठा खेतमा लगाएको धान सबै ढलेको छ । यस बर्ष सयमै बर्षा भएका कारण चौधरीले गतवर्ष भन्दा बढी धान उत्पादन आशामा थिए । पाकेको धान काटेर खेतमा सुकाएको धान पानीले भिजेपछि चिन्तामा छन् ।
भरतमणिले पानीका कारण स्यार्ने बेला धान भिजेर कुहिने हुँदा यसपाली पनि उत्पादन घटने उनले बताए । यस्तै लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी डण्डीराम चौधरीले आठकट्ठा खेतमा लगाएको लगातार वर्षातका कारण ढलेको बताए । पाक्ने बेलाको धान ढलेपछि कृषकहरु चिन्तित बनेका छन् । लमही नगरपालिका वडा नम्बर ३ निवासी कृषक छविलाल चौधरीले धान ढलेपछि दाना पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने बताए ।
लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले लगातार वर्षातको कारण गर्दा काटेर राखेको धान भिज्दा धानको गुणस्तरमा कमी आउने र नकाटेको धान वर्षातका कारण ढल्दा उत्पानदमा कमी आउने जानकारी दिए । कृषी ज्ञान केन्द्र दाङमा धानबालीको क्षती सम्बन्धी कुनै तथ्याङ्क नरहेको कृषी ज्ञान केन्द्रका प्रमुख सन्देश घितालले जानकारी दिए । तथ्यांक संकलनको लागी स्थानीय तहहरुमा खबर पु¥याएका जानकारी दिदै उनले अहिले सम्म तथ्यांक नआएको बताए ।

SHARE