कपिलबस्तु वुद्धभूमि नगरपालिका १० का वडाध्यक्ष खरविन्दको मृत्यु

0
649

असोज १०, २०७७ कपिलवस्तु : वुद्धभुमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकी खरविन्दको निधन भएको छ।

चेतरादेईमा बस्दै आएका ५५ वर्षका खरविन्दको घरमा सुतेको अवस्थामा शनिबार राति मृत्यु भएको हो। उनी लामो समयदेखि मधुमेह र रक्तचापको समस्या थियो।
खरविन्दका छोरा वीरेन्द्र भने, ‘राति ११ बजेसम्म मोबाइल चलाएर सुतेका थिए। ३ बजे आमाले जगाउन खोज्नुभयो। मृत्यु भएर शरीर चिसो भई सकेको थियो।’ खरविन्दको शवको वाणगंगा नदीको रामघाटमा आजै दाह संस्कार गरिने परिवारले जनाएको छ।
उनी तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

SHARE