इश्मा गाउँपालिकाको कागती प्रवद्र्धन र कोभिड कृर्षि कार्यक्रममा भारतीको रजाँई

0
674

तिलाचन पाण्डे
असोज १०,२०७७ गुल्मी : जिल्लाको इश्मा गाउँपालिकामा कागती प्रबद्र्धन कार्यक्रम र कोभिड कृषि बिशेष कार्यक्रममा कर्मचारीले रजाँइ गरेको पाइएको छ ।
गाउँपालिकाका कृषि शाखाका प्रमुख यज्ञश्वर भारतीले कागती प्रबद्र्धन कार्यक्रमको २२ लाख ५० हजार र कोभिड १९ कृषि बिशेष कार्यक्रमको २० लाख रुपैयाँमा अनियमितता गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।
भारतीले कागती प्रबद्र्धन कार्यक्रममा तालिम संचालनको बजेटमा तालिमै संचालन नगरि बिल भरपाई मिलाएको , मेसिनरी औजार खरिदमा पनि अनियमितता गरेको पाइएको छ ।
२० लाखको सामान खरिद ७ लाख गोजीमा

यस्तै उनले कोभिड कृषि बिशेष कार्यक्रममा एक जनालाई २० हजारका दरले अनुदान दिनुपर्ने कार्यक्रममा पनि रजाँइ गरेको पाइएको छ । उनले सो कार्यक्रममा आफैले टनेल लगायतका साम्रगीहरु खरिद गरि १३ हजार बराबरका सामग्रीहरु किसानलाई दिएको र सो कार्यक्रमबाट पनि ७ लाख रुपैयाँ अनियमितता गरेका छन् ।
भारतीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले छानविन समिति बनाएको छ । गाउँपालिकाले वडा नं ५ का वडा अध्यक्ष कलानिधी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समित गठन गरेको छ ।
छानविन समिति गठन गरेपछि सामान गाउँपालिकामा भित्रिए
असार मसान्तमा कृषि औजार लगायत प्लाष्टिक टनेन र बिउँपलहरुको बिल भरपाई मिलाइ भुक्तानी लिएको तर सामानहरु गाउँपालिकमा नआएको पाइएको छानविन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
तम्घासमा रहेको लक्ष्मी एग्रोभेटबाट सामानहरु लगेको बिल भरपाइको आधारमा असार मसान्तमा भुक्तानी भएको र सामानहरु भने भदौमा मात्र आएको छानविन समितिका संयोजक कलानिधि भण्डारीले बताए ।
सबै बिल भरपाइको आधारमा हेर्दा अनियमितता भएको पाइएको र बिस्तृत रुपमा प्रतिवेदनमा जनाइने उनले बताए । यसरी हेर्दा कागती प्रबद्र्धन कार्यक्रम र कोभिड कृषि बिशेष कार्यक्रममा अनियमितता भएको प्रस्ट भएको छानविन समितिले जनाएको छ ।
छानविन समितिले १५ गतेसम्म बिस्तृत अध्ययन सहितको प्रतिवेदन गाउँपालिका बँुझाउने गरि कार्य गरेको छ ।
संलग्न बिल भरपाईको आधारमा भुक्तानी दियौँ : प्रमुख प्रशसाकीय
इश्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण महतले संलग्न बिल भरपाइको आधारमा भुक्तानी दिएको दाबी गरे ।
उनले अरु बिषयमा केही थाहा नभएको भन्दै ४२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको बताए ।
हामी सबै चोखो छौ : महत
यसमा अरु कर्मचारीहरुको पनि संलग्नता त होइन भन्ने प्रश्नमा उनले अरु सबै कर्मचारी चोखो भएको दाबी गरे ।
तर अन्य कर्मचारीहरुको संलग्नता नभएमा कसरी भारतीले मात्रै कसरी रजाँइ गर्न सक्थे त भन्ने प्रश्नमा आफूहरुलाई केही थाहा नभएको अन्य कर्मचारीहरुले बताएका छन् । यसमा अन्य कर्मचारीहरु पनि संलग्न भएको हुन सक्ने कतिपयले अशंका ब्याक्त गरेका छन् ।

अनियमितता भए कारवाही गछौ : बिष्ट
यता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले कार्यक्रममा अनियमितता भएको पाइए कारवाही गरि छाडने दाबी गरेका छन् । उनले छानविन समितिले दिने प्रतिबेदनका आधारमा अनियमितता भएको पाइए अख्तियारको प्रतिनिधि जिल्ला प्रशासनमा पठाइने बताए ।

SHARE