बर्दिया निकुञ्जभित्र पाटेबाघ मृत फेला

0
393

असोज ९, २०७७ बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाटेबाघ मृत फेला परेको छ।
निकुन्जको हेडक्वार्टर नजिकै रहेको लमकौली फाँटामा चोरी शिकारीले थापेको पासोमा पाटेबाघ मरेको भेटिएको हो। चित्तललाई थापेको पासोमा परेर बाघ मरेको हुन सक्ने निकुञ्जको अनुमान छ।
झन्डै ४,५ दिन पहिले कुहिएको अवस्थामा अर्थवयस्क पोथी बाघ मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
लकडाउनको मौका छोपी सिकारीहरु सक्रिय हुँदा पछिल्लो सयम काठ चोरी निकासी तथा चित्तल बँदेललगायत वन्यजन्तुको चोरीसिकार बढ्दो क्रममा रहेको पाइएको उनले बताए। काठ दाउरा चोरी निकासी, चित्तल, बँदेललगायत वन्यजन्तु मार्न सक्रिय भएका झण्डै ८० जनालाई निकुञ्जले पक्राउ गरेको जनाएको छ।
नदी किनारमा माछा मार्न आउनेले चित्तललाई पासो थापेको हुनसक्ने निकुञ्जले अनुमान गरेको छ। पछिल्लो समय काठ दाउरा चोरी तस्करी तथा वन्यजन्तुहरुको समेत चोरी सिकारीमा सक्रिय रहेका चोरी सिकारीहरुका कारण निकुन्जका अन्य ठाउँको अवस्थाबारे स्थानीयले चासो व्यक्त गरेका छन्।

SHARE