मुसिकोटमा प्रमुख प्रशाशकीय अधिकृत सहित थप ६ जनामा कोरोना सक्रंमण पुष्टी

0
666

सागर भण्डारी,
असोज ९,२०७७ गुल्मी :  मुसिकोट नगरपालिकामा समुदायस्तर सहित थप ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
केही दिन अगाडी नगरपालिकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित स्थानीयमा सक्रंमण पुष्टी भएलगत्तै नगरपालिकाले कन्ट्याक टे«सिङको आधारमा सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाव सकंलन गरि तम्घास प्रयोगशालामा पठाएको थियो ।
६७ जनाको स्वाव सकंलन गरि परीक्षणका लागि पठाईएकोमा ६१ जनाको रिपोर्ट आउँदा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ । यस अगाडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना सक्रंमण पुष्टी भएको थियो ।
आज आएको नतिजामा प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारी सहित ३ जना कर्मचारी, १ जना सुरक्षाकर्मी र २ जना स्थानीय रहेको बताईएको छ । सक्रंमितहरु २१ देखि ५६ वर्ष उमेर समुहका रहेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । सक्रंमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अझै पनि ६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । यो सगैं मुसिकोट नगरपालिकामा सक्रिय कोरोना सक्रंमितको संख्या २३ पुगेको छ । केही समय अगाडी नगरपालिकामा १७ जनामा सक्रंमण पुष्टी भएसगैं अहिले मुसिकोट नगरपालिकाको कार्यालय र वडा नं ७ को वडा कार्यालयलाई सील गरेको छ ।

अझै पनि पूर्ण रिपोर्ट आउँदै गरेकाले नगरपालिकामा लकडाउन गर्ने या के गर्ने भन्ने विषयमा छलफल हुने अधिकृत भण्डारीले जानकारी दिए । यो सगैं गुल्मीमा कोरोना सक्रंमितको संख्या ५ सय ९ पुगेको छ ।

SHARE