गुल्मिदरबार गाउपालिकामा अपाङहरुको ब्यबस्थापन तथा प्रेषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

0
645

रामकृष्ण कडेल

असोज ९ ,२०७७ गुल्मीः अपाङ्ग बाल अस्पताल सक्षम परियोजना गुल्मिको आयोजना र गुल्मिदरबार गाउपालिका को सम्योजनमा अपाङ्गहरुको ब्यबस्थापन तथा प्रेषण सम्बन्धि अभिमुखिकरण शुक्रवार सम्पन्न भएको छ ।

अपाङ्ग समन्वय समिति गुल्मिदरबार गाउपालिका सम्योजक एबम गाउपालिका उपाध्यक्ष मिना भन्डारिको अध्यक्षता, गाउपालिका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको बिशिष्ट बिशिष्ट आतिथ्यतामा सन्चालित कार्यक्रम को सहजिकरण सक्षम परियोजना गुल्मिका प्रमुख सालिकराम तिमिल्सिना ले गरेका थिए ।
अपाङ्ग समन्वय समितिका पदाधिकारिहरु, स्वास्थ्य सस्थाका प्रमुखहरु एबम गाउपालिकाका कर्मचारिहरुको सहभागितामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथि अशोक कुमार थापाले अपाङ्ग हरुको ब्यबस्थापन मा गुल्मिदरबार गाउपालिकाले उचित ध्यान पुर्याउदै आएको र आगामि दिनमा पालिका भित्रका अपाङ्गहरुको अभिलेखिकरण गरि आबस्यक कार्यक्रम ल्याइने बताए ।
सोहि कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एबम प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले अपाङ्गहरु पहिचान भएपछि तिनको उचित ब्यबस्थापन र प्रेषणको लागि जनप्रतिनिधि र कर्मचारिहरु लागिपर्ने कार्यलाइ निरन्तरता दिदै अपाङ्ग हरुको सम्बिधान प्रदत अधिकारलाइ सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम को अध्यक्षता गरेकी गाउपालिका उपाध्यक्ष मिना भण्डारिले सकेतनामुलक कार्यक्रम ल्याएको मा सस्थालाइ धन्यबाद ब्याक्त गरिन ।
अपाङ्ग बाल अस्पताल सक्षम परियोजना गुल्मिकि तुल्सि पाण्डेको स्वागत मन्तब्य रहेको सो कार्यक्रम को सन्चालन गुल्मिदरबार गाउपालिका स्वास्थ्य शाखाका प्रमुख स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले गरेका थिए ।

SHARE