कपिलवस्तुका १ र दाङका १ गरी २ जना कोरोना संक्रमितको मृत्यु

0
81

असोज ८, २०७७ कपिलवस्तु : बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुकी ७५ वर्षीय महिलाको मृत्यु भएको छ।
वाणगंगा ११ स्थित पचेहेरा बनगाईकी महिलाको बेलुका ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
असोज ५ गते अस्पतालमा भर्ना भएकी मृतकमा दमको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। आज बिहान कपिलवस्तुको बुद्धभूमि(६ महुवाका कोरोना संक्रमितको मृत्यु भएको थियो। योसँगै कपिलवस्तुमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
यस्तै दाङमा पनि थप एक कोरोना संक्रमितको आज निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ३९ वर्षीय एक युवकको काठमाडौंमा उपचार क्रममा मृत्यु भएको हो।

SHARE