पहिरोका कारण गुल्मीदरबार ७ सियालापानीका ३ घर बिस्थापित

0
2004
फाइल फोटो

रामकृष्ण कडेल
असोज ८ ,२०७७ गुल्मी : गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ सियालापानी का ३ घर पहिरोको कारण विस्पिथात भएका छ्न ।

सियालापानी स्थित अमर बहादुर बिक, मुना बिक र फुलमति बिकको घर को जग देखि नै ठुलो पहिरो गएका कारण तीन परिवारका १४ जना बिस्तापित भएका हुन्। बिगत ३ दिन देखि परेको अविरल वर्षाको कारण विहीवार साझ ५ बजे पहिरो गएको स्थानीय समाजसेवि भिम बहादुर टन्डनले जानकारी दिए ।

अहिले बिस्पिथात परिवारलाइ स्थानीय हुलाक कार्यालयको भवनमा सारिएको वडाध्यक्ष टोप बहादुर बस्नेतले जानकारी दिए ।  स्थानीय बासिन्दा, समाजसेवि , चारपाला प्रहरि , जनप्रतिनिधि लगाएतको सकृयतामा उक्त घरहरुमा भएका सामान लत्ताकपडा पशुचौपायहरु सुरक्षित स्थानमा सारिएको चारपाला प्रहरी चौकीका इन्चार्ज केशवराज रेग्मीले जानकारी दिए ।

SHARE