विद्युत् प्राधिकरणको जिप खोलाले बगाउदा १ को मृत्यु, २ बेपत्ता

0
375

जानु पाण्डे
असोज ७, २०७७ कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु भएको छ।

बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका(९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो। मोतीपुर कजवे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास निवासी विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन्। प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना बेपत्ता भएका छन्।

जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधारण चढेका थिए। २ कर्मचारी र १ सर्वसाधारण भाग्‍न सफल भएका वाणगंगा नगरपालिका(९ का अध्यक्ष विष्णु गिरीले बताए।

SHARE