
असोज ७, २०७७ काठमाडौं : अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालमस्म २ लाख ७ सय ६८ जनाको मृत्यु भइसकेको छ। संक्रमित र मृतकका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण दुई लाख मानिसले ज्यान गुमाउनु भयावह भएको बताएका छन्। तर आफ्नो हस्तक्षेपका कारण यो संख्या अझै न्यून भएको ट्रम्पको दाबी छ।








