
हुमाकान्त पोखरेल
असोज ६,२०७७ गुल्मी : गुल्मीमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौरका ३९ बर्षिय पेम बहादुर कुमाल र सोहि ठाउँकै ६ बर्षिय सफल कुमालको मृत्यु भएको शसस्त्र प्रहरी बल, गुल्म गुल्मीका इन्सपेक्टर कम्लेश कुमार महतोले जानकारी दिए । भने सोहि ठाउँकै ६० बर्षिया तिलक कुमाल घाइते भएका छन् ।
उनीहरु तिनैजना सोमबार आफन्तकोमा पुजामा सहभागि भएर घर फर्किदै थिए । त्यसैक्रममा राति ८ बजे बाटोमाथिबाट गएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । घाइते तिलकको सोमबार राति नै उद्धार गरिएपनि दुईजनाको भने आज बिहानमात्रै शव फेला परेको हो ।
बाटोभन्दा करिब एक सय मिटर तल नालिको छेउबाट शव निकालिएको महतोले बताए । शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगबाट शव निकालिएको थियो । घाइतेको अवस्था भने सामान्य रहेको छ ।








