प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीको कार्यक्रम सार्वजनिक

0
1282

असोज ६,२०७७ गुल्मी : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीले यस आर्थिक बर्षमा संचालन हुने कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।
कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।


कार्यालयका प्रमुख एवं बरिष्ठ कृषि अधिकृत नारायण काफलेका अनुसार यस आर्थिक बर्षमा स्थानीय तहको लागत सहभागितको बीउ श्रोत स्थापनाका लागि ३० लाख ,स्थानीय तहहरुसंगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापनाका लागि २० लाख ,जोन सुपरजोन प्रभाब क्षेत्रमा सुन्तला क्षेत्रफल बिस्तारका लागि २० लाख ,मकै क्षेत्रफल बिस्तारका लागि ३० लाख ,स्वदेशी हाइब्रिड मकै प्रर्दशनका लागि २ लाख ५० हजार ,बगैचा सुद्धिणीकरणका लागि १० लाख ,चक्लाबन्दीमा संचालन हुने खेती कार्यक्रमका लागि १ करोण ,पोष्ट हार्भेष्ट क्षती न्यूनीकरण कार्यक्रमका लागि १० लाख ,मकैको बिज बृद्धि कार्यक्रमका लागि ७ लाख ५० हजार ,यानत्रीकरण सहयोग कार्यक्रमका लागि ४६ लाख ,सिंचाई पुर्वाधार निर्माण कार्यक्रमका लागि ६० लाख ,भण्डारण ,प्राथमिक प्रशोधन वा प्रशोधन उधोग स्थापनाका लागि ४० लाख बजेट रहेको जानकारी दिए ।

SHARE