गुल्मीमा पहिरोमा पुरिएका दुबै जनाको शब फेला

0
436
फाइल फोटो

असोज ६,२०७७ गुल्मी :गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका दुबै जनाको शब फेला परेको छ ।
सोमबार राती ८ बजे तिर जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल यात्रा गरिरहेका ३९ बर्षिय प्रेमबहादुर कुमाल र ६ बर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको थियो भने सफलको मंगलबार बिहान करिब १० बजे सोही स्थानमै शब फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
दुबै शबलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ ।

SHARE