गुल्मीमा पहिरोमा पुरिएका एक जनाको शब फेला , ६ बर्षका बालक बेपत्ता

0
626
फाइल फोटो

असोज ६,२०७७ गुल्मी : गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शब फेला परेको छ भने एक जना अझै बेपता भएका छन् ।
सोमबार राती ८ बजे तिर जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ बर्षिय प्रेमबहादुर कुमाल र ६ बर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको र सफलको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
अहिले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सफलको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE