गुल्मीमा सक्रिय संक्रमित २२ जना मात्रै

0
492

सन्तोष महतारा
असोज ४,२०७७ गुल्मी : गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या ४ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका ४ जनासहित कुल संक्रमितको सङ्ख्या ४ सय ६० पुगेको स्वास्थ्य कार्यालय गुल्मीमा सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा अहिले सक्रिय संक्रमितको सङ्ख्या २२ जना मात्रै छन् । बाँकी ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् । हाल सम्म जिल्लामा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देखिएका ४ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । ४ जनामध्ये रुरु गाउँपालिकाका २ जना, इस्मा र मदाने गाउँपालिकाका १र१ जना रहेका छन् । आउँदो बिहीवार देखि गुल्मीमा नै कोरोनाको परिक्षण हुने तयारी पुरा भइसकेको छ ।
तर अहिलेसम्म रुपन्देहीको भैरहवाबाट कोरोनाको परीक्षण हुदै आएको छ ।

SHARE