नेकपा सचिवालय बैठक सुरु

0
411

असोज ४, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ।

तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक शुरु भएको हो। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।
प्राय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो। स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बसेको हो।

गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो । भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन एमससी, अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो।

यसैबीच नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने छ।

SHARE