कर्मचारी अभाबका कारण समस्या : समन्वय प्रमुख

0
467

असोज ३,२०७७ गुल्मी : जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले कर्मचारी अभाबका कारण कार्य सम्पादनमा समस्या भएको बताएका छन् ।
जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको आर्थिक बर्ष २०७६।०७७ को बार्षिक प्रगति समिक्षा कार्यक्रममा उनले कर्मचारी अभाबका कारण कार्यसम्पादनमा समस्या भएको दाबी गरेका छन् । योजनाहरुको इस्टिमेट र मुल्यांकनमा समयमा काम गर्न नसक्दा र दक्ष जनशक्ति अभाबका कारण समस्या भएको उनले बताए ।
निर्माण ब्याबसायीले समयमै काम गरेनन्
सोही कार्यक्रममा उनले निर्माण ब्यबसायीहरुले समयमै काम नगर्ने र बिभिन्न बाहानाहरु बनाएका कारण पनि समस्या उत्पन्न भएको बताएका छन् ।

यदि कहि कतै काम भएता पनि गुणस्तर युक्त कामहरु नभएको समेत उनले बताएका छन् । निर्माण ब्याबसायीहरुले समयै काम नगर्दा करोणै रकम फ्रिज भएर जानुपर्ने बाध्यता समेत रहेको उनले बताए ।
जिल्लामा संचालनमा रहेका केन्द्रिय , प्रदेश र स्थानीय स्तरका योजनाहरुमा कामको गुणस्तरका बारेमा सबैले चासो दिनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुखहरु , संघ ,प्रदेशका कार्यलयहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

SHARE