प्युठानका थप ९ जनामा कोरोना

0
380

असोज ३,२०७७ प्युठानः प्युठानका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको गौमुखी गाउँपालिकाका ५, झिमरुक गाउँपालिका ३ र स्वर्गद्वारी नगरपालिकाका १ जना गरिआज एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको हो।

यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ५०६ जना पुगेको छ।

SHARE