नाम जस्तै काम होस : सांसद श्रेष्ठ

0
686

असोज ३,२०७७ गुल्मी : प्रदेश ५ का सांसद एवं बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले नाम जस्तै काम हुनेमा आफू बिश्वस्थ रहेको बताएका छन् ।
शनिबार संबिधान दिबसको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा रहेको उज्यालो बहुउद्येश्यीय सहकारी संस्थाको कार्यलय उद्घाटन गर्दै श्रेष्ठले सो बताएका हुन् । देशको तीन खम्बे आर्थिक नीति अनुसार सहकारी मार्फत गरीवी निवारणमा सहयोग पुग्ने भन्दै उत्पादलाई जोड दिन उनले आग्रह गरे ।
राजनीतिक समस्या हल भयो अब आर्थिक समस्या हल गर्नुपर्छ
सोही कार्यक्रममा श्रेष्ठले देशमा अहिले राजनीतिक समस्या नभएकाले अहिले समस्या भनेकै आर्थिक समस्या भएको दाबी गरे । देशमा अहिले देखिएको आर्थिक समस्यालाई सहकारीको माध्यमबाट समाधान गर्न सकिने भन्दै नामका मात्र सहकारीले काम गर्न नसक्ने बताए । उज्यालो सहकारीको नाम पनि राम्रो रहेको भन्दै काम पनि चम्कीलोनै गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी , नेकपाका जिल्ला नेता गणेश श्रीपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सहकारीका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समितिका संयोजक राजेन्द्र बिक्रम कुँवरको स्वागत मन्तब्य संगै कार्यक्रममा सहभागीहरुलाई संस्थाकी उपाध्यक्ष भगवती श्रीसले धन्यबाद मन्तब्य राखेकी थिइन । कार्यक्रमको संचालन संस्थाका सचिब घनश्याम खरेलले गरेका थिए ।

SHARE