रामकृष्ण कडेल
असोज २, २०७७ गुल्मी :गुल्मीदरबार गाउँपालिकाको २०७७,०७८ को नीति तथा कार्यक्रम अनुसार कस्तो छ आमा कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।
७ औं परिवार योजना दिवको शुअवसरमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । अभिमूखीकरण कार्यक्रमम गाउँपालिकाका अध्यक्ष श्री अशोक कुमार थापाज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेको प्रमुख आतिथ्यता, वडाध्यक्ष र कार्यपालिका सदस्यज्यूहरुको विशेष उपस्थिति, पालिकास्तरीय राजनैतिक दलका प्रमुख, पत्रकार, पालिकाका स्वास्थ्य इकाईका इन्चार्ज तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्वस्थ आमा¸ स्वस्थ बच्चा¸ पोषण¸ संस्थागत प्रसुती लगायतका विभिन्न प्याकेजको एकीकृत रुपमा कस्तो छ आमा कार्यक्रम रहेको छ । कार्यक्रमबारे स्वास्थ्य अधिकृत श्री नारायणप्रसाद अर्यालले प्रकाश पार्दै अभिमुखीकरण कार्यक्रममा सहजिकरण गरेका थिए भने कार्यक्रमको संचालन सिर्जना पोख्रेलले गरेकी थिइन ।
गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले समृद्ध र सुखी पालिका निर्माणको अभियानमा हामी सम्पूर्ण जनप्रतिनिधि लागेको हुँदा स्वस्थ नागरिक निर्माणको लागि कस्तो छ आमा कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गर्दै कार्यक्रमको सफलता पूर्वक र प्रभावकारी रुपमा संचालनको लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेले सुरक्षित र संस्थागत प्रसुती गराई गर्भवती र सुत्केरी आमा र स्वस्थ बच्चाको बनाउनको लागि यो कार्यक्रम प्रभावकारी हुने हुँदा सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुले वार्षिक कार्ययोजना बनाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन दिए ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष हरीहर गौतम, कार्यपालिका सदस्य तुल्सी अर्यालले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न जनप्रतिनिधिको तर्फबाट कुनै पनि कसुर बाँकी नराखीने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपाका पालिका इन्चार्ज शेरबहादुर सर्तुङ्गी, नेपाली काँग्रेस पालिका सचिव रामबहादुर थापाले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न राजनैतिक दलको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।