नेपाल कम्युनिष्ट पार्टी (नेकपा )मुलुकको धुरी खाँबो : मन्त्री ज्ञवाली

0
621
प्रयोगशालाको उद्घाटन गर्नुहुँदै :मन्त्री ज्ञवाली

असोज १ ,२०७७ गुल्मी : परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रबक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा )मुलुकको धुरी खाँबो भएको बताएका छन् ।
गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपाको काँधमा मुलुकको जिम्मेवारी भएकाले नेकपा मूलुकको धुरी खाँबो भएको दाबी गरे ।
नेकपा फुटछ र मूलकुमा राजनीतिक स्थायीत्व हुँदैन भन्नेहरुका दिन अब समाप्त भएको बताउँदै जनताले नेकपालाई बिश्वास गरी दिएको जनमतको कदर गर्दै नेकपा एकताबद्ध भएकाले स्थायीत्व र आर्थिक समृद्धि नेकपाबाटै सम्भव भएको मन्त्री ज्ञवालीले दाबी गरे ।

माहामारीमा राजनीति नगर्न आग्रह
मन्त्री ज्ञवालीले कोरोना माहामारीको समयमा राजनीति नगरी स्वास्थ्य चेतना जगाउन लाग्नुपर्ने जोड दिए ।
अहिले कोरोना बिश्वमै मानबीय चुनौतीको रुपमा रहेकाले सचेतना फैलाउनुपर्ने समयमा पनि राजनीतिकरण गरेकाले यसो नगर्न उनले आग्रह गरे । यस समयमा सचेतना फैलाउनका लागि सबै एक जुट भएर लाग्नुपर्ने र स्वास्थ्य माथी खेलवाड गर्न नहुनेमा जोड दिए ।
अति आवश्यक कामबाहेक बाहिर ननिस्कन र मास्कको अनिवार्य प्रयोग संगै नियमित रुपमा साबुन पानीले हात धुन समेत नागरिकहरुलाई उहाँले आग्रह गरे । मास्क सरकारलाई लगाइदिने जस्तो गरी कहीँ कतै अटेर गरेकाले स्वास्थ्य प्रति गम्भीर बन्न आग्रह गरे ।

SHARE