फेसबुके रोइलो गर्नेहरुको पहिले कोरोना परीक्षण :  सांसद श्रेष्ठ

0
534
कोरोना परीक्षण प्रयोगशालाको उद्घाटनका क्रममा शुभकामना मन्तब्य राख्नु हुँदै प्रदेश सांसद श्रेष्ठ

असोज १ ,२०७७ गुल्मी : फेसबुके रोइलो गर्नेहरुको पहिले कोरोना परीक्षण गर्न प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले आग्रह गरेका छन् ।
गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशाला उद्घाटनको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै श्रेष्ठले गुल्मीमा आएको पीसीआर मेसिन फिर्ता , नक्कली , हेलीकोप्टरबाट देखाउन ल्याएको भन्दै गलत फेसबुके प्रचार गर्नेहरुको पहिले कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
उनले बिस्तृत नबुझी फेसबुके रोइलो गर्नेहरुलाई पहिले परीक्षण गर्नुपर्ने र उनीहरुको परीक्षण रिपोर्ट नेगेटिभ आवस भन्ने कामना समेत गरेका छन् । पहिले नेगेटिभ नै आवस यदि पोजेटिभ आए सहज रुपमा उनीहरुले उपचार पाँउन भन्ने कामना समेत गरेका छन् ।

SHARE