
हुमाकान्त पोखरेल
असोज १,२०७७ गुल्मी : जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ मल्दिका पहिरो प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको छ ।
गत असार १८ गतेको पहिरोबाट प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको हो । बुधबार एक कार्यक्रमका बीच उक्त वडाका ५८ परिवारलाई कुल एक लाख ४८ हजार आठ सय प्रदान गरिएको हो ।
जसमध्ये मृतक परिवार क वर्गकालाई प्रति परिवार चार हजार पाचँ सयका दरले, ख वर्गका परिवारलाई प्रति परिवार तीन हजार तथा ग वर्गका परिवारलाई प्रति परिवार एक हजार सात सयका दरले वितरण गरिएको छ ।
शिक्षक समेत रहेका सोही वडाका स्थानीय बाबुराम पन्थीले फेसबुकमार्फत सहयोग अभियान सुरू गरेका थिए । उक्त अभियानबाट देश तथा विदेशबाट अहिलेसम्म कुल एक लाख ९० हजार नौ सय संकलन भएको छ ।
जसमध्ये ४२ हजार एक सय यसभन्दा अगाडि नै वितरण गरिएको सहयोग संकलनकर्ता पन्थीले बताए ।








