घोराही उपमहानगरको कार्यालय सिल

0
526

भदौ ३१, २०७७ दाङ : घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ।
एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए। उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाइ लगायतका अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिनेसमेत उनले जानकारी दिए।
मंगलबार उपमहानगरपालिका क्षेत्रभित्रका १२ जना महिला र ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

SHARE