रुपन्देहीमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

0
555

भदौ २९, २०७७ कपिलवस्तु : रुपन्देहीको भीम अस्पताल भैरहवामा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका –५ का ५८ का पुरुषको आइतबार राति साढे १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जनाकारी दिए।
दमका बिरामी उनी भदौ २३ गतेदेखि अस्पतालको आइसियुमा उपचाररत थिए। यससँगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

SHARE