रामपुर नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा

0
528

सुशीला रेग्मी

२८,२०७७ गुल्मी : रामपुर नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २००७६र ०७७ मा भए गरेका कार्यक्रमको वार्षिक समीक्षा गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य रहनुभएको हो । प्रमुख अतिथि उपप्रमुख आचार्यले अघिल्ला वर्षका कार्यक्रमको समीक्षा र त्यसले समुदायमा पारेको प्रभाव हेरी आगामी दिनमा स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई अगाडि बढाउदै जाने बताए ।

कार्यक्रम नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरुले गतवर्ष भए गरेका कार्य प्रगतीबारे जानकारी गराए । रामपुर अस्पतालले एक वर्षको हाराहारीमा ४० हजार नागरिकलाई सेवा दिदै आएको र स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको संख्या बढ्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले जानकारी दिए ।
भिडियो एक्सरे, अल्ट्रासाउन्ड सेवा सुचारु गरेको, अन्तरंग सेवा संचालन, नयाँ एम्बुलेन्स खरिद प्रक्रिया गर्ने कार्य अन्तिम चरणमा, अस्पतालको गुरुयोजना निर्माण कार्य सम्पन्न, सामाजिक सेवा इकाई स्थापना लगायतका कार्यक्रमबारे डाक्टर परियारले जानकारी गराए ।
रामपुर आयुर्वेदिक र गाडाकोट आयुर्वेदिक औषधालयका बारेमा नगर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले कार्यक्रममा बारेमा जानकारी गराउदै वार्षिक ६ हजार ७ सय ९६ जनाले आयुर्वेदिक सेवा लिएको बताए । उनले रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल निर्माणको क्रममा रहेपनि कोभिडको असरले निर्माण अगाडि बढ्न समस्या परेको बताए ।

गाडाँकोट स्वास्थ्य चौकिको सेवा क्षेत्र भित्र पर्ने रामपुर १ र २ का ४ हजार ८ सय २५ जना नागरिक लाभान्वित रहेको र यस स्वास्थ्य चौकीमा खोपको सेवाको दर बढ्दो रहेको जानकारी गराए ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाले गरेका कार्यक्रमका सन्दर्भमा स्वास्थ्य संयोजक तिर्थप्रसाद ढुंगाना, स्वास्थ्य अधिकृत गिरिराज घिमिरे, कमला श्रेष्ठ, नर्सिङ अधिकृतहरु पुनम धिताल लगायतले जानकारी गराए । बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सन्जु परियारले संस्थाले गरेका कार्यक्रमका बारेमा जानकारी गराए ।
गतवर्ष नगरपालिकाले गरेका स्वास्थ्यका कार्यक्रम र त्यसले समुदायमा पारेको समग्र प्रभाव, नगरपालिकाले गरेका उपलब्धि र पूरा गर्न नसकेका कार्यक्रमका बारेमा नगर स्वास्थ्य संयोजक तिर्थप्रसाद ढुंगानाले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले नगरपालिकाले गरेको कार्यक्रमको धन्यवाद दिदै आगामी दिनमा सेवाको क्षेत्र फराकिलो बनाउदै लैजान अनुरोध गरे ।
नगर स्वास्थ्य अधिकृत गिरिराज घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन स्वास्थ्य संयोजक ढुंगानाले गर्नुभएको हो । कार्यक्रममा नगरपालिका अन्तर्गत विभित्र स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधि, कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
कोभिड १९ को बाबजुद पनि दुरी कायम गरी वार्षिक समीक्षा कार्यक्रम भएको हो ।

SHARE