पाल्पामा स्वाव परीक्षण मेसिन भित्रियो

0
346
फाइल तस्बिर

सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ भदौ ः पाल्पामा स्वाव परिक्षण गर्ने पिसिआर मेसिन भित्रिएको छ । जिल्ला अस्पताल पाल्पाले पिसिआर मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकासा गरिदिएपछि मेसिन खरिद गरिएको हो ।

सो मेसिन जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा प्रयोगशाला निर्माण गरी संचालन गरिने भएको छ ।

प्रयोगशालामा आठ वटा कक्ष, छ वटा स्वास्थ्यकर्मी आवास तयार भइसकेको हुदा छिट्टैनै मेसिन जडान गरेर स्वाव परिक्षण कार्य सुरु गरिने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।

कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष संचालक समितिको गत भदौ २ गतेको १० औं बैठकबाट स्वाव परिक्षण मेसिन खरिदका लागि नेपाल सरकारले रु एक करोड रकम निकासा गरेको हो । सो मेसिन खरिदका लागि ओम सर्जिकल काठमाडौलाई रु ७८ लाख भ्याट बाहेक मेसिन खरिद सम्बन्धी टेण्डर परेको थियो ।

SHARE