वाणगंगा नगरका २ सय बढी नेकपामा प्रवेश

0
481
फाइल फोटो

डिलाराम भुसाल
भदौ २६,२०७७ कपिलबस्तु :कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाँउ स्थित सिसेनी गाउँका २ सय बढि व्यक्तिहरु नेपाली काग्रेस तथा स्वतन्त्रबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन् ।
सिसेनी गाउँका २ सय बढिलाई राष्ट्रिय सभा सदस्य तथा नेकपामा जिल्ला सह इन्चार्ज विमला घिमिरे तथा जिल्ला पार्टी अध्यक्ष झविलाल पोखरेलले टिका लगाएर स्वागत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी विमला घिमिरले श्रमजीवि वर्गको उत्थान र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा भएकाले नव प्रवेशीलाई नेकपाको विचार र आस्था लाई माया गरेर अडिन आग्रह गरेकि छीन् ।
नेकपाले जनताको पक्षमा सदैव काम गर्दै आइरहेकाले सवै श्रमजिवी वर्गको उत्थानका निति, कार्यक्रम र बजेट ल्याइरहेको समेत बताएको थियो । घिमीरेले जनताको जीवनस्तर माथी उठाउने काममा नेकपाले विभिन्न लोकप्रिय कार्यक्रम कार्यान्वयन गरिरहेको बताएकी छन् ।

त्यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले सिसेनी गाउँ र जनताको समस्यामा आफु राम्रैसंग जानकार भएकाले गाउँको विकासमा आफनो कार्यकालमा सहयोग गरेको बताएका थिए।
संविधान सभा सदस्य अधिकारीले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्ता जनताको आधारभूत आवश्यकतामा नेकपाले नितीगत रुपमा सुधार गरेर लगिरहेको बताएका छन् ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले आश्वासन बाड्ने पार्टी नेकपा नभएर जनताको विकास र राष्ट्रको समृद्धिमा नेकपाको पालामा उल्लेख्य काम हुने बताएका छन् । त्यस्तै जिल्ला सचिव रामचन्द्र शाहले नेकपाको सरकारले जनमुखी निती र कार्यक्रम ल्याएर जनताको जीवन स्तर बदल्ने बताएका थिए । कार्यक्रममा नवप्रवेशीले गाउँमा विद्युत, शिक्षा, बाटोघाटो, शौचालय, खानेपानी लगाएतका समस्या राखेका थिए ।

नेकपा वाणगंगा अन्तरगत नगर वडा कमिटि ८ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण भुसाल, शंकर पाण्डे, सुवास सल्यानी, लक्ष्मण वेल्वासे, जिल्ला सदस्य हुमनाथ पौडेल, दुर्गा आचार्य, विष्णु प्रसाद घिमिरे लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम वडा कमिटि अध्यक्ष प्रेम वि।को अध्यक्षता, विद्यार्थी नेता बाबुराम अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

SHARE