गुल्मीमा ३८९ जनाले जिते कोरोना, संक्रमितको सङ्ख्या न्यून

0
302

हुमाकान्त पोखरेल
भदौ २६,२०७७ गुल्मी : गुल्मीमा हालसम्म ३८९ जनाले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका सबै स्थानीय तहमा कुल ४३८ संक्रमित भएमध्ये ३८९ जनाले कोरोना जितेका हुन् ।
हालसम्म महिला ७४ संक्रमित भएकोमा ६४ जना र पुरुष ३५१ संक्रमित भएकोमा ३२५ जना कोरोनामुक्त भएका छन् । मदाने गाउँपालिकामा संक्रमित भएका कुल ११ जनामध्ये १० जना, मुसिकोट नगरपालिकामा संक्रमित भएका २२ जनामध्ये १७ जना, रेसुङ्गा नगरपालिकामा संक्रमित भएका ५६ जनामध्ये ५४ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिकामा संक्रमित भएका ३६ जनामध्ये ३४ जना, छत्रकोट गाउँपालिकामा संक्रमित भएका ४५ जनामध्ये ४४ जना, मालिका गाउँपालिकामा संक्रमित भएका १६ जनामध्ये सबै, चन्द्रकोट गाउँपालिकामा संक्रमित भएका २७ जनामध्ये २१ जना संक्रमण मुक्त भएका छन् । इस्मा गाउँपालिकामा संक्रमित भएका ६४ जनामध्ये ५८ जना, कालिगण्डकी गाउँपालिकामा संक्रमित भएकामध्ये दुई जनामध्ये सबै, धुर्कोट गाउँपालिकामा संक्रमित भएका ४१ जनामध्ये ४० जना, गुल्मीदरबार गाउँपालिकामा संक्रमित भएका ७० जनामध्ये ६५ जना, सत्यवती गाउँपालिकामा संक्रमित भएका ३४ जनामध्ये २८ जना निको भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोना संक्रमितको सङ्ख्या भने अत्यन्तै न्यून रहेको छ ।
हाल जिल्लामा कुल ४९ जना मात्रै कोरोना संक्रमित रहेका छन् । संक्रमित सबै स्थानीय तहको संस्थागत आइसोलेशनमा रहेका छन् ।

SHARE