कालीगण्डकी करिडोरको अधेँरीखोलाको पुल निर्माण सम्पन्न

0
444

सुशीला रेग्मी
भदौ २६,२०७७ पाल्पा :कालीगण्डकी करिडोर अन्र्तगत रामपुर वडा नं ३ र ४ जोड्ने अँधेरीखोलाको पुल निर्माणको काम सम्पन्न भएको छ । २० मिटर लम्बाई र ११ मिटर चौडाइमध्ये गाडी गुड्ने भाग साढे सात मिटरको रहेको पुल निर्माण कार्य सकिएपछि अहिले संचालनमा आएको छ ।

कोरोना भाइरस सङ्क्रमको जोखिमका बाबजुद पनि कामलाई तीव्रता दिएर निर्माण कार्य सम्पन्न गरिएको कालीगण्डकी करिडोरका सुपरभाइजर दामोदर भण्डारीले जानकारी दिए । तीन करोड ७२ लाख ५१ हजार ७ सय ८१ को लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७४ को फागुनबाट सुरु भएको निर्माण कार्य गत आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्नुपर्ने भएपनि कोभिडको असरले केही समय निर्माणमा ढिलाई हो ।

SHARE