गुल्मीका थप ५ जनामा कोरोना पुष्टि

0
285

भदौ२५,२०७७ गुल्मी :गुल्मीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मालिका गाउँपालिकाका २ , गुल्मीदरवार गाउँपालिकाका २ र कालीगण्डकी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्याले जानकारी दिए ।
यो संगै गुल्मीमा कारोना संक्रमितको संख्या ४३० पुगेको छ । हालसम्म ३८९ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE