गुल्मीमा ३८९ संक्रमित निको भएर घर फर्किए

0
253

भदौ २५,२०७७ गुल्मी : गुल्मीमा हालसम्म ३८९ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्याका अनुसार कुल ४३० जना संक्रमितहरु मध्ये ३८९ जना संक्रमितहरु निको भएर घर फर्किएका हुन् । सबै भन्दा बढी गुल्मीदरवार गाउँपालिकाका ६५ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
बाँकी ४१ जना संक्रमितहरु होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE