गुल्मीमा १३२ केभीको सवस्टेशनको शिलन्यास

0
410

भदौ २४,२०७७ गुल्मी : गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभीएको सवस्टेशन निर्माण सुरु भएको छ ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका छन् ।
नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो । डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभीले सवस्टेशन निर्माणको जिम्मा लिएको छ ।

कपिलवस्तुको मोतीपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङ विद्युत प्रशारण लाइन विस्तार हुँदैछ ।प्रसारण लाइन गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव स्टेशन निर्माण थालिएको हो । सव स्टेशन निर्माण भएपछि गुल्मी र छिमेकी जिल्लामा विद्युत पहुँच बढ्नेछ

SHARE