कपिलवस्तु कोरोना मुक्त जिल्ला हुने चरणमा

0
333

भदौ २४,२०७७ कपिलबस्तु : कोरोनाको हट स्पट बनेको कपिलस्तुको स्थिति सामान्य बन्दै गएको छ ।
अव समुदाय स्तरको कन्टयाक्टटेसिङ सकिएको र जिल्लामा भेटिएको संक्रमित मध्ये १ हजार ६१ जना निको भई घर फर्किसकेकोले केहि समय भित्रै कारोना मुक्त हुन सक्ने देखिएको हो ।
अहिले जिल्लामा सय जना मात्र सकृय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। यो संख्या छिटटै निको हुदा संक्रमित सुन्यमा झर्न सक्ने छन् ।

संक्रमित मध्ये अहिले अधिकांस होम आइसोलेशनमा छन । सुरक्षाकर्मीै र केही कर्मचारीहरु तौलिहवाको महिला तथा बालबालिका कार्यालय आइसोलेशनमा बसेका छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले समुदायस्तमै कोरोना संक्रमण फैलिएर भयावह भन्दै गएकोमा अहिले भने जिल्लामा कोरोनाको अवस्थामा सुधार भएको बताए ।
स्थिति सुधार भए पनि सहज र होसियार रहन उनले आग्रह गरे ।
यस्तै मंगलवार बिजयनगरमा ३, शिवराज र बुद्धुभुमीमा एक एक जना गरी जिल्लामा ५ जना संक्रमित थपिएका छन । ती सबै समुदाय स्तरको कन्टयाक्टटेसिङवाट थपिएका हुन् ।

SHARE