भदौ २३, २०७७ अर्घाखाँची : अर्घाखाँचीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको शीतगंगा नगरपालिका(१२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा आज मृत्यु भएको हो।
टिप्पर दुर्घटनामा घाइते भएका उनमा कोरोना संक्रमण देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो। यो सँगै अर्घाखाँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।