पीडित सूर्यवंशी परिवारलाई नवदुर्गा माविको आर्थिक सहयोग

0
408

सुशीला रेग्मी

भदौ २३,२०७७ पाल्पा : वर्षाले घर भत्किएर समस्यामा पर्नुभएका पाल्पा रामपुर नगरपालिका वडा नं ६ तिलकपुर बस्ने तिलिसरा सूर्यवंशीको परिवारलाई नवदुर्गा माध्यमिक विद्यालय रामपुरले आर्थिक सहयोग गरेको छ ।

दुईतले कच्ची घर भत्किएर छिमेकीको घरमा भाडा लिई एक छोरी साथमा लिएर बसोबास गर्दै आएकी तिलिसरालाई सोमवार विद्यालयले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा एक कार्यक्रम गरी पीडित सूर्यवंशी परिवारलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीबाट सङ्कलित ३२ हजार पाँच रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

पीडित सूर्यवंशीका छोरी रिमा सूर्यवंशीले नवदुर्गा माविमा पढाउँदै आउनुभएको छ । संगै पढाउने एक शिक्षक र उहाँको परिवारलाई परेको समस्यामा सानो भएपनि नयाँ घर निर्माणमा सहयोग पुगोस् भनी आर्थिक रकम सहयोग गरेको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताए । कार्यक्रमको संचालन शिक्षक दिपेन्द्रप्रसाद भट्टराईले गरेका हुन् ।

SHARE