मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

0
306

भदौ २३, २०७७ कपिलवस्तु : जिल्ल्लाका एक वरिष्ठ पत्रकारको ६२ वर्षको उमेरमा सोमबार निधन भएको छ।

६ महिनादेखि उनको दुवै मिर्गौलाले काम गर्न छाडेको थियो। उच्च रक्त चाप र मधुमेहसमेतका रोगी भएका उनको मृत्युपछि सोमबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको उनको परिवारले जनाएको छ।

उनले ३ दशकदेखि कपिलवस्तुमा रही पत्रकारिता गर्दै आएका थिए। उनका परिवारका एक सदस्यमा कोरोना देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

SHARE