भदौ २३, २०७७ कपिलवस्तु : जिल्ला प्रशासन कार्यालयले कपिलवस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरेको छ।
सोमबार जारी गरिएको विज्ञप्ति अनुसार दैनिक ५ घण्टा पसल खोल्ने गरी भदौ ३१ गते सम्मका लागि थप गरिएको हो।
निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ। यसअघि निजी सवारीसाधन चल्न रोक लगाइएको थियो। अति आवश्यक वस्तु, खाद्यान्न, तरकारी, माछा मासु पसलबाहेक अन्य पसल सञ्चालनमा निषेध गरिएको छ।
जिल्लामा साउन २३ गते देखि निषेधाज्ञा लगाइएको छ। सङ्क्रमण कम हुँदै गएपछि निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ। निषेधाज्ञा खोल्न उद्योग वाणिज्य संघको दबाब भए पनि केही खुकुलो गराई निषेधाज्ञा जारी गरिएको हो।