गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गयो

0
297

भदौ २२ , २०७७ गुल्मी : गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ छिनुवामा होटल ब्यबस्याय गर्दै आएका २३ बर्षिय मोतिबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
मोतिबहादुर कुँवरका दाजु यामबहादुर कुँवर सोमबार बिहान होटलमा जाँदा भाईको अबस्था अचेत देखेको र उपचारका लागि तम्घास अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र घटनाको प्रकृति हेर्दा कुटपिट गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शबलाई तम्घास अस्पतालमा पोष्टमार्टम गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको पन्तले बताए ।

SHARE