गुल्मीमा थप ८ जनामा संक्रमण पुष्टि

0
330

भदौ २२ ,२०७७ गुल्मी : गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ६ र रुरुक्षेत्र गाउँपालिकाका २ जना गरि ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनीहरुको उमेर समूह २४ बर्ष दखि ७६ बर्षसम्मका रहेका छन् । यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४२२ पुगेको छ भने संक्रमणका कारण तीन जनाको ज्यान गईसकेको छ ।
संक्रमितहरु मध्ये ३७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

SHARE