समुदायमा कोरोना देखिएपछि सन्धिखर्कमा गाउँ सिल

0
424

भदौ २२, २०७७ अर्घाखाँची : समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ।
गोरुसिंगे–सन्धिखर्क सडकमा चल्ने सवारीबाहेक वडाको घुम्ती बजार क्षेत्र ७०० मिटर आसपास, नरपानी बजार पिकनिक स्पटदेखि नरपानीबजार हुँदै राताफले चोकसम्म र वडा नम्बर ७ को फुदवाङ बजारको पुर्वदहखोला देखि बहखोर–अमराई–जगतसम्मको क्षेत्र, पश्चिम खाँचीकोट सिमानासम्म, दक्षिण नेटाका पोखरा सल्लेरीसम्म क्षेत्रभित्र कुनै पनि गाडी चलाउन नपाइने नगरपालिकाद्वार जारी सूचनामा उल्लेख छ।

वडा तथा नगरपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरू सोमबारदेखि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए। कोरोना प्रभावित गाउँबाट आएका नगरपालिकामा कार्यरत कर्मचारीहरलाई पिसिआर रिपोर्ट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको सापकोटाले बताए।

SHARE