बाँसगढीमा एक साता निषेधाज्ञा

0
447

भदौ २२, २०७७ बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा लागु गरिएको छ।

चौधरी ग्रुपको सिजी फुटका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै निषेधाज्ञा लागु गरिएको हो । कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षतामा आइतबार साँझ बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सोमबार बिहान ६ बजेदेखि भदौ २८ गते आइतबार मध्यरातसम्म लागि निषेधाज्ञा लागु गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।

SHARE