बाणगंगामा फुड बैंक स्थापना

0
669

भदौ २२,२०७७ कपिलबस्तु : बिषम परिस्थितिमा मज्दुरि गरि जीविकोपार्जन गरेका परिवारलाई मध्यनजर गर्दै खाद्य सामग्री संकलन तथा वितरण केन्द्र फुड बैक कपिलवस्तुका युवाले सञ्चालन गर्ने भएका छन। सोमवारबाट जिल्लाको ४ न चोकमा सो अभियानको सुरुवात भएको छ।

जिल्ला सक्रिय युवाको पहलमा सो अभियान सुरु हुन लागेको हो। ४ न बाट सुरु हुने उक्त अभियान आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानमा स्थानान्तरण हुने अभियानता सुनिता बेल्वासेले जानकारी दिइन्।
हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउूँ भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन हुन लागेको अभियानमा सबैले सक्दो सहयोग गर्नुहुन अभियानता पाण्डव भण्डारीले अनुरोध गरे।
विभिन्न संस्थामा आवद्द युवाले सयुक्त रुपमा सञ्चालन गर्ने अभियानमा मधुसुधन भुषाल,प्रविन गौतम, सरोज घिमिरे, कोपिला गिरि लगायत युवाहरु मिलेर यो अभियान सफल पार्ने कुरा अभियान्ता सरोज घिमिरेले जानकारी दिए।

SHARE