टोपलाल अर्याल
भदौ २०,२०७७ गुल्मी :युथ फर चेन्ज गुल्मीले इस्मा र मुसिकोटका पहिरो पीडितलाई करिव साढे पाँच लाख नगद सहयोग गरेको छ ।
गत असार ६ र १८ गतेको पहिरोको कारण इस्मा र मुसिकोटमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । युथ फर चेन्ज गुल्मीले इस्मा र मुसिकोटका ७५ घर परिवारलाई राहत नगद प्रदान गरिएको हो । अहिले तत्काल चार लाख ९८ हजार पाँच सय नगद प्रदान गरेको र बाँकी रहेकालाई पुन सहयोग गर्ने गरेर करिव साढे पाँच लाख वितरण गरिने युथ फर चेन्जका सदस्य बन्द्री कार्कीले बताए ।
इस्मा गाउँपालिका वडा नं १ का ‘क’ बर्षका २ घर, ‘ख’ बर्गका २९ र ‘ग’ वर्गका २० गरेर ५१ जनाले राहत पाएका छन् । भने वडा नं ३ मा ‘ग’ बर्गका तीन घर परिवार र वडा नं ४ मा ‘ख’ वर्गका आठ घर परिवार तथा ‘ग’ वर्गका १० गरेर १८ घर परिवारले राहत प्राप्त गरेको कार्कीले जानकारी दिए ।
मुसिकोट नगरपालिका २ मा भने ‘क’ वर्गका एक र ‘ग’ वर्गका दुई घर परिवारलाई राहत प्रदान गरिएको छ । इस्मा वडा नं २ र ४ मा केहि छुटेका बिस्थापित परिवार भएकाले अझै २५÷३० हजार बराबरको राहत प्रदान गरिने युथ फर चेन्ज गुल्मीले जनाएको छ । युथ फर चेन्ज गुल्मी राहत वितरण सहितिका संयोजक सुरेश अर्यालसहितका प्रतिनिधीको स्थलगत अवलोकन र सरोकारवालाको सुझावको आधारमा मानवीय तथा भौतिक क्षति र आर्थिक अवस्था अनुसार तीन बर्गमा बिभाजन गरिएको युथ फर चेन्ज गुल्मीको कतार संयोजन गरिरहेका तिलक अर्यालले जानकारी दिए ।
क, ख र ग बर्षका पहिरो पीडितलाई क्रमश १५ हजार, ८ हजार र ४ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । वडा नं १ का पहिरो पीडितलाई वडा सदस्य जंग बहादुर खत्री, वडा नं ४ का पहिरो पीडितलाई वडाध्यक्ष गनु प्रसाद अधिकारी र वडा नं ३ का पहिरो पीडितलाई वडाध्यक्ष तोयनाथ शर्मा सापकोटा, युुथ फर चेन्ज राहत वितरण समिति संयोजक सुरेश अर्याल र राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थितीमा राहत वितरण गरिएको अर्यालले बताए ।
बिपद्मा सामाजिक संजाल मार्फत एकिकृत भएका युवाहरुले युथ फर चेन्चलाई बिशुद्ध गैर–राजनैतिक संस्थाको रुपमा अगाडी बढाउने योजना बनाएका छन् । इस्मा क्षेत्रको विकासमा रचनात्मक सहयोग गर्ने युथ फर चेन्ज गुल्मीको उदेश्य रहेको भारतबाट संयोजन गरिरहेका सुबास बस्नेतले बताए । उनले गुल्मीबाट रोजगारीको शिलसिलामा भारत, कतार, साउदी, जापान, फ्रान्स, अमेरिका, मकाउ, मलेसिया लगायतका देशहरुमा काम गर्ने र स्वदेशकै युवाहरुको सक्रियता संजाल निर्माण गरेर छ लाख छ हजार १८ रुपैयाँ संकलन गरिएको बताए ।
गाउँको बिपद्मा आफ्नो गास कटाएर सहयोग गर्ने सवै सहयोगीहरुलाई बस्नेतले हार्दिक आभार प्रकट गरे । क्रृण काढेर परदेश पसेकाहरु पनि गाउँको दुखमा सहयोगी बन्ने गरेका थुप्रै उदाहरण जिल्लामा रहेका छन् । आफुहरुको सानो सहयोगले पनि गरिव पहिरो पीडित परिवारको ओत र कोख खुसी बनोस भन्ने उदेश्यले सहयोग गरेको राहत वितरण समितिका संयोजक सुरेश अर्यालले बताए । उनले आफुहरुले बस्तीसम्म पुगेर सवैको सहयोगमा राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाइएकाले पीडित परिवारलाई सहयोग रकमको सदुपयोग गर्न आग्रह गरे ।
इस्मा क्षेत्रका विकासमा जनमुखी पहरेदारी तथा अनियमितता, भ्रष्टाचार र ढिदासुस्ती प्रति खबरदारी गर्ने उदेश्यका साथ संजाल मार्फत एकिकृत बनेको बताए । राहत वितरण कार्यक्रममा सहभागी वडाध्यक्ष र राजनैतिक दलका प्रमुखहरुले समाज विकासमा युवाहरुको नयाँ सोच र कामहरुको पक्षमा आफुहरु रहेका बताए ।