कपिलवस्तुमा १४० जना मात्र घर फर्किन बाँकी

0
453

भदौ २०, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना जित्नेको संख्या एक हजार नाघेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कुल १ हजार १ सय ४७ संक्रमितमध्ये १ हजार ८ संक्रमित कोरोनामुक्त भएका छन्। हाल जिल्ला सदरमुकाम तौलिहवामा ४४ जना, बाणगंगा नगरपालिका ३० जना, कृष्णनगर नगरपालिकामा १९ जना कोरोना संक्रमित आइसोलेसनमा छन्। बाँकी ७ स्थानीय तहमा संक्रमित संख्या १० भन्दा कम छ।

SHARE