गुल्मीमा स्वास्थ्यकर्मी सहित ४ जनामा संक्रमण पुष्टि

0
832

भदौ २०,२०७७ गुल्मी : गुल्मीमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिका वडा नं ४ मा रहेको मेडिकल संचालक (स्वास्थ्य कर्मी )सहित ३ जना र रेसुंगा नगरपालिकाका स्वास्थ्य कर्मी सहित ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
४ नम्वर वडा बिरबास सिल
मेडिकल संचालकलाई (स्वास्थ्यकर्मी ) संक्रमण देखिएपछि गुल्मीदरवार गाउँपालिकाको वडा नं ४ बिरवासलाई सिल गरिएको छ । समुदायमा संक्रमण देखिएपछि अर्को सूचना नभए सम्मका लागि बिरवास सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनीहरुको सम्पर्कमा आएकाहरुको बिबरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले जानकारी दिए ।
यता रेसुंगा नगरपालिकाका स्वास्थ्य कर्मीमा संक्रमण पुष्टि भएसंगै उनको सम्पर्कमा आएकाहरुको पनि बिबरण संकलनको कार्य भइरहेको छ । उनीहरुको बिबरण संकलन पश्चात भोलीनै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए । उनीहरुको उमेर २१ बर्ष देखि ७३ बर्षसम्मका रहेका छन् ।
यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ भने संक्रमणका कारण तीन जनाको ज्यान गईसकेको छ ।
संक्रमितहरु मध्ये ३७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

SHARE