बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

0
433

भदौ १९, २०७७
रुपन्देही :  रुपन्देहीमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–८ का ७८ वर्षीय पुरुषको आज विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।
भदौ ४ गते अस्पताल भर्ना भएका उनलाई विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो।

SHARE