भदौ १७,२०७७ काठमनडौंः कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।
सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।