
भदौ १७,२०७७ रुपन्देही : भैरहवामा थप एकजना कोरोना संक्रमितको आइसियू अभावमा मृत्यु भएको छ ।
भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका अस्पतालले जानकारी दिएको छ ।
यससँगै भीम अस्पतालमा उपचारको क्रममा दोश्रो संक्रमितको मृत्यु भएको छ ।यस अघि उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमित बिरामीले आइसियु अभावमा ज्यान गुमाएका थिए ।









